९ कार्तिक २०८१, शुक्रबार 1729850497
Banner

नेकपा (एमाले)द्वारा आयोजित चियापानमा को–को सहभागी भए ?

काठमाडौं । नेकपा एमालेद्वारा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरुको चाडपर्वका अवसरमा आज आयोजना गरिएको सो चियापान कार्यक्रममा उनीहरु सहभागी भएका हुन् ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए ।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी भएका थिए ।