काठमाडौं । ओमनले नेपाललाई टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपाललाई सो लक्ष्य दिएको हो ।
नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोके । तर, उनी महँगा बने । अन्तिम ओभरमा करणले १७ रन खर्चिएपछि ओमानको स्कोर उकासिएको थियो । उनले ४ ओभरमा ४३ रन खर्चिएका थिए ।
अन्य बलरहरूले किफायती बलिङ गरे । नेपालका कप्तान रोहित पौडेलले आज ५ जना फ्रन्टलाइन बलरहरूलाई मात्र प्रयोग गरेका थिए । उनीहरू सबैले कम्तीमा एक विकेट लिन सफल भए । सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहराको खातामा एक–एक विकेट रह्यो ।