९ कार्तिक २०८१, शुक्रबार 1729843559
Banner

विश्वकपमा छनोट भएपछि अत्यन्त भाग्यमानी र गर्व लागिरहेको छ : कप्तान पौडेल

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।
शुक्रबार आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।
उनले भने, ‘आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको छ ।’

‘सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ,’ रोहितले भने ।