९ मंसिर २०८१, आइतबार 1732450558
Banner

नेपाली कांग्रेस महासमितिको बैठक पुनः सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठक फेरि सारेको छ।

मंगलबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठकको नयाँ मिति तोकिएको बताए ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठकले बैठकको बैठकको मिति तय गरेको थियो ।

त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो।

‘राष्ट्रिय मेलमिलाप दिवस पुस १६ गते उद्घाटन गर्ने गरी महासमिति बैठक तोकिएको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘ललितपुरको गोदावरीस्थित हलमा बैठक हुन्छ।’

कांग्रेसले नीति अधिवेशनको समेत काम गर्ने गरी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लागेको हो।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो।

त्यो महाधिवेशनमा नीतिबारे छलफल नै भएन, नेतृत्व मात्रै चयन गरिएको थियो। विभिन्न जिल्लामा महासमिति सदस्य चयनका लागि अझै अधिवेशन भएका छैनन्। कांग्रेस निर्वाचन समितिले असोज २९ गतेभित्रै महासमिति सदस्य चयन गरिसक्न आग्रह गरेको थियो।