८ कार्तिक २०८१, बिहिबार 1729829633
Banner

नेपालमा लगानी गर्न प्रधानमन्त्रीद्वारा एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा उनले यस्तो आह्वान गरेका हुन् ।
भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।