८ कार्तिक २०८१, बिहिबार 1729821516
Banner

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुद्वारा दायर रिटमाथिको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गराएको निवेदनमाथि सुनुवाइ आज पनि स्थगित भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुले दायर गरेको रिटमाथि उच्च अदालत पाटनमा आज हुने भनिएको सो सुनुवाइ स्थगित भएको हो ।

जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।