८ मंसिर २०८१, शनिबार 1732406400
Banner

एन्फामा मतदान सुरु, असन्तुष्ट पक्षले छुट्टै पत्रकार सम्मेलन गर्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा उदघाटन सत्र नगरी मतदान प्रक्रिया सुरु भएको छ ।

मकवानपुरको हेटौँडामा जारी विशेष साधारणसभामा आफूहरुलाई बोल्ने अवसर नै नदिई मतदान पक्रिया सुरु गरेको भन्दै असन्तुष्ट पक्षले छुट्टै पत्रकार सम्मलेनको तयारी गरेको छ ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गरी एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए ।