९ कार्तिक २०८१, शुक्रबार 1729858846
अर्थ

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत, सीईओ मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कुमारी र एनसीसी बैंक मर्जर भई बनेको बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका खनाल मर्जरको १ वर्ष नपुग्दै सीईओमा नियुक्त हुनुभएको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका रमेशराज अर्यालले तिहार अगाडि दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समिति बैठकले स्वीकृत गर्दै सीईओको जिम्मेवारी शुक्रबारबाटै लागु हुनेगरी खनाललाई दिएको हो ।
खनाल साविकको कुमारी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

खनाललाई आगामी ४ वर्षका लागि सञ्चालक समितिले सीईओको जिम्मेवारी दिएको हो ।