काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
बुधबार केन्द्रीय समितिको बैठकलाई सम्बोधनका क्रममा उनले आफूले राजनीति सुरु गर्दादेखि वामएकताको माला जपिएको भन्दै उनले यस्ता पपुलिष्ट कुरा नगर्न पार्टी पंक्तिलाई यस्तो अनुरोध गरेका हुन् ।
केन्द्रीय समितिको बैठकमा बुधबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’