८ कार्तिक २०८१, बिहिबार 1729800519
Banner

देश संकटकालीन अवस्थामा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको बताएका छन्। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको उनको आरोप छ । उनले भने, ‘हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।’

उनले आफूहरू छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताए ।

उनले भने, ‘तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।’