१९ भदौ २०८३, शुक्रबार 1788586168
Banner

बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा बाझियो राय

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुन्ने कि नथुन्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ। न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासपमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् । दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटनले सचिव टेकनारायण पाण्डे, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, टेकनाथ रिजाललगायतलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

थुनामा रहेका बालकृष्ण खाण, टोपबहादुर रायमाझिसहित २० जनाले पुर्पक्षको लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरूद्ध उच्चमा निवेदन दिएका थिए।