३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:25 pm
Banner

शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

सूचना प्रेस २०८० मंसिर १५ शुक्रबार ००:००, १६:२० बजे १ मिनेट पढाइ

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।