१० मंसिर २०८१, सोमबार 1732527185
Banner

एमालेको मध्यपहाडी अभियान–लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दुरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितकोटोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट  समृद्धिका लागि सङ्कल्प यात्रा  नाम दिएर मध्यपहाडी लोकमार्गअन्तर्गतआसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभियान थालेको एमालेले मध्यपहाडी लोकमार्गकोदूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहितजाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताउनुभयो । उहाँले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नतिगर्नेतर्फ अभियानले ध्यान दिने पनि बताउनु भयो । लोकमार्गका ठाउँठाउँमा सुरुङमार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेलेअभियानका क्रममा अध्ययन गर्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दाकाठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर,ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गकोविकास गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेचीअभियान शुरु गरेको छ ।  पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ ओटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिनेछ ।