९ मंसिर २०८१, आइतबार 1732486254
राजनीति

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । उहाँले आज दिउँसो १ः०० बजेका लागि बैठक बोलाउनुभएको हो ।

गत बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । 

बैठकले प्रदेशसभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ ।