१४ श्रावण २०८३, बिहिबार 1785455259
Banner

लेखा समितिका सभापतिले भने, एनसेल काण्डमा राज्य व्यवस्था समितिले हात हालेर विषयान्तर गर्न खोज्यो

काठमाडौँ– एनसेलमा राज्य व्यवस्था समितिले हात हालेको भन्दै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आपत्ति जनाउनुभएको छ । एनसेलको भष्ट्राचार काण्ड सम्बन्धि निर्णय र  सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन खोजेको भन्दै उहाँले खेद व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै भन्नुभएको छ, “सरकारी सुन्ड मुसन्डहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरुमार्फत् विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु ।”

सभापति पोखरेलले भष्ट्राचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितीहरुमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने काम बन्द गर्न राज्य समितिसँग आग्रह गर्नुभयो । उहाँले यस्ता भ्रमको पछि नपर्नसमेत आग्रह गर्नुभएको छ ।