काठमाडौं । नेपालको भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेशमन्त्री जयशंकर सिंहदरबार पुगेका हुन् । भेटमा द्विपक्षीय हित, सहकार्य र समन्वयका विषयमा छलफल भएको छ ।
यसअघि विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललगायतलाई भेटिसकेका छन् ।
जयसंकरले नेपाली समकक्षी एनपी साउदसँगको भेटमा सम्झौता गर्नेछन् ।
त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नेछन् ।