१० भदौ २०८३, बुधबार 1787784750
समाचार

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं-प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ। गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो।

गत मंसिर २० गते गजुरेलले राजीनामा दिएकामा प्रधानमन्त्रीले बल्ल स्वीकृत गरेका हुन्।

उहाँको राजीनामा मंसिर २० गतेदेखि नै लागू हुने गरि स्वीकृत गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।  ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा मंसिर २० देखि लागू हुनेगरी स्वीकृत भएको छ’, आचार्यको भनाइ छ।