२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 11:49 am
Banner

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आजपनि बस्दै

सूचना प्रेस २०८० पुस २२ आइतबार ००:००, ०६:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्तागठबन्धनको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा कुरा नमिलेपछि आज फेरि बस्ने भएको हो ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच कुरा मिल्न नसकेपछि बैठक निष्कर्षविहीन भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखकका अनुसार बैठक आज बिहान फेरि बस्नेछ।

राष्ट्रिय सभामा रिक्त सिटभन्दा बढी दाबी गरेका हुन्। उनीहरुको दाबीअनुसार १९ सिटका लागि २६ पुगेको छ। बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका थिए।

सातै प्रदेशमा पुस २३ मा उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।