९ मंसिर २०८१, आइतबार 1732468585
Banner

प्रधानमन्त्रीद्धारा मेलम्ची पानी पुनः वितरणको उद्घाटन

काठमाडौँ–काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको  शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्नुभएको छ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि आजदेखि काठमाडौँमा पुन वितरण गरिएको हो । 

पहिलो चरणमा मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ । त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।