२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 12:09 pm
राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक माघ ३ मा बस्ने

सूचना प्रेस २०८० माघ १ सोमबार ००:००, १२:५८ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले माघ ३ गते बुधबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठकमा आर्थिक, प्रशासनिक र विभागीय नियमावली, विभागहरुको कार्य प्रगति विवरण तथा पदयात्राका विषयमा छलफल बताइएको छ।

रास्वपाले २१ वटा विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ। विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको र सो पदयात्रामा खटिने नेताहरुको विषयमा यही बैठकले निर्णय गर्ने रास्वापाले जनाएको छ ।