काठमाडौं । त्रिशूली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको भएको पुष्टि भएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै खसेको आशंका गरिएको गाडी भारतीय गाडी (बोलेरो) भएको चितवन प्रहरीले पुष्टि गरेको हो । घटनास्थलबाट प्रहरीले बीआर (९ जीसी १४३) लेखिएको गाडीको नम्बर प्लेट फेला परेको छ ।
अहिले विपत् व्यवस्थापनको डुंगासहितको टोली र विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हालसम्म नम्बर प्लेटबाहेक केही पत्ता लाग्न सकेको छैन । त्रिशूलीमा खसेको गाडी र त्यसमा रहेका यात्रुको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धारको प्रयास गरिरहेको छ । गाडीमा कति यात्रु थिए खुल्न सकेको छैन ।