जनकपुरधाम । धनुषामा सोमबार मृत भेटिएका महोत्तरी लोहारपट्टी नगरपालिका(३ महदैयाका २२ वर्षीय राधे सहनीकी श्रीमतीको पनि मृत्यु भएको छ ।
सख्त घाइते अवस्थामा फेला परेकी २० वर्षीया अस्मिता शर्माको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।
राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका(३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए ।