२८ भदौ २०८३, आइतबार 1789337070
समाचार

गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

काठमाडाैं-शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त हुनुभएकाे छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्ताव अनुसार मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिनुभयाे।

मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा रमेशचन्द न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको उहाँले बताउनुभयाे।

मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय भएकाे पनि मन्त्री शर्माले जानकारी दिनुभयाे।