३ भदौ २०८३, बुधबार 1787185296
Banner

दाङमा महिला र पुरूषको शव फेला

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बुधबार दुई जनाको शव फेला परेको जानकारी दिए। मृतकको पहिचान खुल्न नसकेको र करिव चार दिन अघि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाइ छ। स्थानीयले उनीहरू त्यस आसपासका नभएको जानकारी दिएको पोखरेलले बताए। मृतकहरूको उमेर अन्दाजी २५(२६ वर्षको रहेको प्रहरीको अनुमान छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान थालिएको जनाएको छ।