२८ भदौ २०८३, आइतबार 1789342444
Banner

टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र विष्णु थामी घाइते भएका छन्। गम्भीर अवस्थाका थामीलाई उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।