९ मंसिर २०८१, आइतबार 1732433163
समाचार

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक जारी

​​​​​​​काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गर्नु भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।