२८ भदौ २०८३, आइतबार 1789280494
Banner

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो।

सूचनाअनुसार ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेकालाई आवेदन दिन भनिएको छ। सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म आवेदन दिन मन्त्रालयले भनेको छ। 

एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि पुरुषोत्तम खनालले प्राधिकरणको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।