८ मंसिर २०८१, शनिबार 1732424734
Banner

राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनैपर्छ: सभामुख

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्। आजदेखि सुरू भएको तेस्रो हिउँदे अधिवेसनको बैठकमा बोल्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले एकतालाई निरन्तरता दिनुपर्ने बताएका हुन्। ऐन निर्माणमा संख्यात्मक नतिजा आउन नसकेकपनि एक वर्षको अवधिमा प्रयाप्त मात्रामा गृहकार्य भएको उनको भनाइ छ। सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा समितिले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील हुँदै गएको दावी गरे।

उनले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्नुपर्ने र संसदीय गतिविधिलाई थप प्रभाकारी बनाउनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले विधिको शासन र पारदर्शीता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधार स्तम्भ भएको बताए। संसदमा अबलम्बन गरिने विधि र प्रक्रिया र अभ्यासलाई परिष्कृत र र जनमुखी बनाउन सामूहिक प्रतिवद्धता आवश्यक रहेको उनको भनाइ छ।

संसदलाई प्रभावकारी,क्रियाशीलर जीवन्त बनाउनचालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्न लागेको बताए। संसदीय गतिविधिलाई समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथि छलफलका क्रममा उठेका टिप्पणीलाई ध्यानमा राखेर यसै अधिवेशनबाट बजे सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने जानकारी गराए।