८ मंसिर २०८१, शनिबार 1732405556
Banner

अचेत अवस्थामा फेला परेका दुई बच्चा र आमाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । ‘झर्दा झर्दै देखेपछि स्थानीयले उद्दार गरेर किस्ट अस्पताल लगेका थिए, तर उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

लगत्तै कोठामा दुई जना बच्चा पनि बेहोस अवस्थामा भेटिएका थिए । उनकी छोरी २ वर्षीया रिवा महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो । दुवैको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।