१७ असार २०८३, बुधबार 1782903888
Banner

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कुटपिटको आरोपमा पक्राउ पर्नुभएकी युट्युवर शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

हिजो सिन्धुपाल्चोकबाट पक्राउ पर्नुभएकी वाइवालाई काठमाडौं जिल्ला अदालतले हिजोबाट लागू हुने गरी चारदिन हिरासतमा राख्न अनुमति दिएको हो ।

हास्यकलाकार पवन खतिवडा म्याकुरीले वाइवासहितले आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उहाँ बाह्रबिसेबाट पक्राउ पर्नुभएको हो ।

उहाँलाई हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।