८ मंसिर २०८१, शनिबार 1732343536
Banner

बागमती सरकारमा एमाले सहभागी

मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश सरकारमा सहभागी भएको छ ।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिनुभएको छ ।

शनिबार साँझ उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

केन्द्र सत्ता समीकरणअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एमालेका थपलियालाई मन्त्री नियुक्त गर्नुभएको हो ।