१ जेष्ठ २०८३, शुक्रबार 1778909117
फिचर

सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि

काठमाडौं वैशाख ५ । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा आजदेखि सुरु हुँदै छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती छ । त्यसपछि चैत शुक्ल पूर्णिमाको दिन खटमा राखेर रथमा पु¥याउने चलन चल्दै आएको हो ।

जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पु¥याइन्छ । जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ । संस्कृति अभियन्ता राजन महर्जनका अनुसार तीनधारामा पु¥याइएको सेतो मत्स्येन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर रथमा राखी तानेर घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु¥याइन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ ।

सेतो मत्स्येन्द्रनाथ यात्राको प्रमुख आकर्षण हो । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । यो रथ बनाउन सातदेखि आठ दिनसम्म लाग्ने गर्दछ । दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ ।

किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा फेला परेको सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई घर लगेर धानको भकारीभित्र लुकाएका थियो । त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याई जनबहालमा स्थापना गरिएको हो । सोही परम्परा अुनसार जमलमै रथ बनाउने गरिएको छ ।

रथलाई लगनटोलमा रहेको मत्स्येन्द्रनाथको आमाको मन्दिर परिक्रमा गराई रथयात्रा सम्पन्न भएपछि सेतो मत्स्येन्द्रनाथलाई खटमा राखी मच्छिन्द्रबहालस्थित मन्दिरमा लगिन्छ । रथ बनाउने कार्यमा काठमाडौँका महर्जन, तुलाधर, नकर्मी, मुनिकार, चित्रकार, मानन्धर आदि समुदायको भूमिका रहने गर्दछ । पाङ्ग्रादेखिमाथि गजुरसम्मै रथ निर्माण गर्ने र यात्रा सकिएपछि रथका पूर्जाहरू खोल्ने कामको जिम्मेवारी भने विभिन्न कवलका ७८ जना महर्जन परिवारलाई दिइएको हुन्छ ।

जन्म र मृत्युको देवता ‘सेतो मत्स्येन्द्रनाथ’
काठमाडौँ, चैत १३ गते । जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पु¥याइएको थियो । तीनधारामा पु¥याइएको 

सेतो मत्स्येन्द्रनाथलाई पुनः पूजाआजा गरी खटबाट निकालेर रथमा राखी तानेर घन्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु¥याइन्छ । 

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन रहेको संस्कृति अभियन्ता राजन महर्जनले बताउनुभयो । सेतो मत्स्येन्द्रनाथलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । उहाँले भन्नुभयो, “सेतो मत्स्येन्द्रनाथलाई जात्राका लागि काठमाडौँको तीनधारा पाठशालाअगाडि करिब एक साताअघिदेखि रथ निर्माण सुरु हुन्छ । जात्राका लागि गुठी संस्थान, काठमाडौँ महानगरपालिकालगायतले सहयोग गरेको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । 

रथयात्राको दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मछिन्द्रबहालसम्म यात्रा चलाइन्छ । किंवदन्ती अनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापूले खेत खन्दा सेतो  मत्स्येन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्‍नदाता ठह¥याई जनबहालमा स्थापना गरिएको किंवदन्ती छ । सोही परम्परा अनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमती र चोभारको रातोसहित चार वटा मत्स्येन्द्रनाथ छन् । धार्मिक सहिष्णुताको प्रतीक सेतो मत्स्येन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा वज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ ।

मत्स्येन्द्रनाथको रथमा दृष्टि खोल्ने चित्र

सेतो मत्स्येन्द्रनाथको रथमा कलाकार मेरिना चित्रकार, अनिता चित्रकार, गीता चित्रकार र सङ्गीता चित्रकारको समूहले चित्र बनाएर दृष्टि खोल्नुभएको छ । उहाँहरूको समूहले विगत १६ वर्षदेखि यस परम्परालाई निरन्तरता दिँदै आउनुभएको छ । रथयात्राको दिन बिहान रथका पाङ्ग्रा र धमामा चित्रकार समूहले विभिन्न रङको प्रयोगसहित विशेष शुभसाइत पारेर भैरवका चित्र कोरेपछि रथ तान्नका लागि तयार हुने परम्परा रहेको छ । कलाकार मेरिना चित्रकारले आफ्नो जिजुबुवाहरूकै पालादेखि  नै सेतो  मत्स्येन्द्रनाथको रथयात्रा,  कुमारी रथयात्रा र मखनको स्वेत भैरवमा परम्परागत चित्रकलाद्वारा सजाउने परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सो रथका धमा, पाङ्ग्रामा विगतमा माटोका रङले चित्र बनाउने गरिन्थ्यो, रथयात्राका बेला केही गरी पानी परेको अवस्थामा पखालिने समस्या भएपछि पछिल्लो पोस्टर रङ पनि प्रयोग गरियो तर यसमा पनि पखालिने समस्या भएपछि हाल विभिन्न रङ मिसाएर पानीले नपखालिने रङ बनाएर परम्परागत चित्र बनाउने गरिएको छ ।” उपत्यकामा मनाइने परम्परागत जात्रा, पर्वको समयमा तान्ने रथमा बनाइने विभिन्न परम्परागत चित्रकलामा निलो, रातो, सेतो, पहेँलो, कालो र हल्का निलो रङको बढी प्रयोग हुने गरेको बताउनुभयो । 

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको आज शुभसाइतमा रथारोहण गरिएको छ । ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथको टुप्पोमा बायम् राखेसँगै मत्स्येन्द्रनाथको मूर्तिलाई तःबहालस्थित मन्दिरबाट बाहिर ल्याई रथमा प्रतिस्थापन गरिएको हो ।

मत्स्येन्द्रनाथलाई मन्दिरबाट ल्याउँदा गुठी संस्थानका प्रतिनिधि, पानेजुहरू र स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपालमा मनाइने जात्राहरूमध्ये सबैभन्दा लामो जात्राका रूपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथयात्रा यस वर्ष आगामी वैशाख ८ गतेदेखि विधिवत् रूपमा सुरु हुँदै छ ।

आजको रथारोहणसँगै जात्राको मुख्य रौनक सुरु भएको छ । रथारोहणको चौथो दिन अर्थात् वैशाख ८ गते रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइने परम्परा रहेको छ । जात्रा अवधिभर ललितपुरका विभिन्न स्थानमा रथ परिक्रमा गराई अन्तमा जावलाखेलमा भोटो देखाइसकेपछि यस वर्षको जात्रा समापन हुनेछ ।