१२ श्रावण २०८१, शनिबार 1722083232
Banner

बालाजु बाइसधारा मेला सुरु

वैशाख । चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्हि) का अवसरमा बालाजु २२ धारामा बाइसधारा मेला लागेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । 

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा [ल्हुति पुन्हि] मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।