२८ भदौ २०८३, आइतबार 1789347668
Banner

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानीबिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ। अमिर त्रिभुवन विमानस्थलबाट राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको हो।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उहाँलाई राष्ट्रपति पौडेलले स्वागत गर्नुभएको थियो।

 भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ।