काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्को अवरोधलाई जारी राख्ने भएको छ। सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले संसद्मा अवरोध जारी राख्ने भएको हो।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दैकांग्रेसले संसदीय छानबिन समिति गठनको माग राखेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखेका थिए। तर त्यसमा कांग्रेसले अस्वीकार गरेको छ। प्रधानमन्त्री दाहाल, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरू सिंहदरबारस्थित संसदीय दल कार्यालयमा छलफलमा जुटेका थिए। उक्त छलफलमा सहमति नजुटेको हो ।
संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने कांग्रेसले जनाएको छ ।