३१ भाद्र २०८१, सोमबार 1726537728
Banner

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक जेठ ४ गते दिउँसो १ः१५ बजे बस्ने छ ।

नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समितिको माग गर्दै संघीय संसद्का दुवै बैठक अवरुद्ध गर्दै आइरहेको छ ।