१५ श्रावण २०८३, शुक्रबार 1785520526
Banner

प्रधानमन्त्री व्यस्त हुनुहन्छ, हामी तमासा हेरिरहेका छौ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्।

शनिवार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताए।

उनले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको आरोप लगाए। उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए। उनले देशको राजनीति स्थिर भएर अघि बढ्नुपर्ने बताए। उनले देशमा स्थायित्व र वामपन्थीबीचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्ने बताए।

नेपालले भने, ‘प्रधानमन्त्री अत्यन्तै व्यस्त हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी व्यस्त कोही पनि छैन होला। हामी त तमासा हेरेर बस्ने मान्छे हौँ। हामी यी सबै घटनालाई नियालिरहेका छौँ। हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीबीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस्।’