२९ भाद्र २०८१, शनिबार 1726367311
Banner

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो। शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक आज सहज रुपमा चल्ने अनुमान गरिएको छ ।