१६ श्रावण २०८३, शनिबार 1785563565
Banner

कांग्रेसले राजनीतिक दमन र दादागिरी देखायो: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको बताउनु भएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सो आरोप लगाउनु भएको हो। उहाँले व्यक्ति केन्द्रीत नभई समस्या केन्द्रित भएर काम गर्न प्रतिपक्ष दल कांग्रेसलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘एउटा व्यक्तिलाई खुइल्याउने काम गरेको छ।, बोल्न नदिने, अपमानित गर्ने, बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको किन भागेको भनेर लल्कारिरहने अनि समस्याको समाधान गर्नका लागि कहीँबाट पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल, भर्खरै उदाएको नेतामाथि यति ठुलो इतिहास बोकेको राजनीतिक दलले यो राजनीतिक दमन होइन र ? यो राजनीतिक दादागिरी होइन र ?’