५ मंसिर २०८१, बुधबार 1732095125
Banner

प्रधानमन्त्रको सम्पत्तिमा दुई तोला सुन बढ्यो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एक घर, १५ कठ्ठा जमिन, ५ तोला सुन र २५ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस प्रम दाहाल प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्र्दै काठमाडौँ, ७ जेठ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार सङ्घीय भवन नयाँ बानेश्वरस्थित विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको ६ दिनपछि दाहालले पछिल्लो सम्पत्ति विवरण सार्वजनिक जानकारीमा ल्याएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा प्रविष्ट विवरणअनुसार प्रधानमन्त्री दाहालसँग चितवनस्थित भरतपुर महानगरपालिका–१४ मा स्व। पत्नी सीता दाहालको नाममा रहेको १४ कट्ठा जमिन छ । पार्किङ सहितको यो जमिन पैतृक भएको दाहालले जनाएका छन् ।

यसैगरी भरतपुर महानगरपालिका–१२ मा सीता दाहालकै नाममा १ कट्ठा जमिन रहेको र सो अंशबाट प्राप्त गरेको दाहालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । चल सम्पत्तितर्फ आफूसँग ५ तोला सुन रहेको र सो को स्रोत पनि पैतृक नै रहेको दाहालले जनाएका छन् ।

दाहालले आफ्नो नाममा एभरेष्ट बैंक लिमिटेड, सिंहदरबार शाखामा २५ लाख रुपैयाँ मौज्दात रहेको विवरण भरेका छन् । सो नगदको स्रोत प्रतिनिधि सभा सदस्यको हैसियतले प्राप्त पारिश्रमिक भएको दाहालले खुलाएका छन् ।

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार प्रधानमन्त्री दाहालसँग कुनै पनि बैंक तथा वित्तीय संस्थाको धितोपत्र, शेयर वा ऋणपत्र छैन । यतिखेर आफ्नो ऋण लेनदेन पनि कसैसँग नरहेको उनले जनाएका छन् । आफूसँग निजी सवारीसाधन नरहेको पनि दाहालको सम्पत्ति विवरणमा उल्लेख छ ।