४ आश्विन २०८३, आइतबार 1789894966
Banner

पक्राउ पुर्जी जारी भएपछि सर्वोच्चमा कैलाश सिरोहिया

काठमाडौँ-कान्तिपुर मीडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुग्नुभएको छ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उक्त निर्णयविरुद्ध सिरोहियाले रिट निवेदन पेश गरेको र दर्ता प्रक्रियामा रहेको सर्वोच्चका सह प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो। प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उहाँ त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गर्नुभएको हो।