३ आश्विन २०८१, बिहिबार 1726727822
Banner

मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केन्द्रमा मन्त्रिमण्डल हेरफेरका बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले मन्त्रिमण्डल हेरफेरका विषयमा जानकारी नभएको बताएका हुन् । उनले प्रधानमन्त्रीसँग हुने भेटमा यस विषयमा सोध्ने पनि बताए ।

अध्यक्ष नेपालले सदनमा सांसदको अभिरुचिका विषय आ–आफ्नो सोचाइ भएको उल्लेख गरे ।