४ आश्विन २०८१, शुक्रबार 1726857387
राजनीति

लोसपा धनुषाका सहसचिव श्रेष्ठसहित ९ जना एमालेमा प्रवेश

काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत धनुषाका नौ जना नेता तथा कार्यकताहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उहाँहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गर्नुभयो।

पार्टीका पोलिटव्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा हुनुहुन्छ।

नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले एमाले देश बनाउने महान् उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो।

अध्यक्ष ओलीले गरिबी हटाउने, सुशासन कायम गर्ने, स्वाधीनताको रक्षा गर्ने, राष्ट्रको बृहत्तर हित रक्षा गर्ने पार्टी यो देशमा एमाले मात्र रहेको र यस पार्टीको ध्येय नेपाली जनतालाई सुखी बनाउने रहेको बताउनुभयो।

अध्यक्ष ओलीले एमालेको महान् उद्देश्य सफल बनाउने यात्रामा जोडिनुभएका युवाहरूलाई यथोचित जिम्मेवारीका साथ सक्रिय बनाइने विश्वास दिलाउँदै नवप्रवेशीहरूलाई संगठित गरी सक्रिय बनाउन सम्बन्धित कमिटीलाई निर्देशन दिनुभयो।