२३ भाद्र २०८१, आइतबार 1725785040
Banner

युरो कप फुटबलः फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौं- स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा गएराती भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै बेर टिकेन । २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए ।

त्यसको चार मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो ।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ । त्यसबखत स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन । स्पेनले अब आज राति हुने दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।