३१ भाद्र २०८१, सोमबार 1726538408
Banner

समसामयीक बिषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभमा २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ तर उनले विश्वसको मत पाउने सम्भावना छैन । यद्यपी काँग्रेस एमाले बीच भएको सहमति अनुसार अब केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताइएको छ ।