४ कार्तिक २०८१, आइतबार 1729483921
समाचार

एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल हो ।

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उदेश्य रहेको एनसेलले जनाएको छ ।

एनसेलका अनुसार अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् ।

एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् ।’

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको छ ।

‘बिज सधैं अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ रुपैयाँ सम्मका ५ वटा प्लानहरु ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्ने एनसेलको भनाई छ ।

त्यस्तै, ४९९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्ने छन् । त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्ने छन् । ९९९ रुपैयाँको प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउने छन् भने सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १,५९९ रुपैयाँ र १,९४९ रुपैयाँको मासिक प्लान लिन सकिने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५०रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्ने छन् ।

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० मा कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा सजिलै अपग्रेड गर्न सकिने एनसेलले जनाएको छ । नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गदै आएको छ ।