२८ जेष्ठ २०८३, बिहिबार 1781190407
Banner

सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

नारायणगढ। चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ। भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो। 

उनीहरूको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरूको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो। 

सजात काठमाडौँ कलङ्कीमा व्यवसायी गरी बस्ने, बा. प्र. ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ। यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन्।