२९ जेष्ठ २०८३, शुक्रबार 1781265206
Banner

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा गिजा खोलामा आएको बाढी र पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।

आठबिसकोट ११ मा पनि पहिरोले एउटा घर बगाएको छ । बाढीसँगै आएको पहिरोले घर बगाएको हो । बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिए।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ।