४ आश्विन २०८१, शुक्रबार 1726880768
Banner

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि हिजो सोमबार एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो ।

यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । सोमबारको तुलनामा सुनको मूल्य ९०० रुपैयाँले बढेर कारोबार भएको हो ।तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।