२३ भाद्र २०८१, आइतबार 1725778575
खेलकुद

महिला एसिया कप टी–२० क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो ।

प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो । नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।